एलआईसी नेपालको 'बैधानिक लुट' बारे के भन्छ बिमा समिति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2018 | 03:58:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा सुचिकृत कम्पनीहरुले जारि गरेको सूचनामा भर पर्ने कि नपर्ने भन्ने प्रश्न खडा भएको छ। पछिल्लो समय कम्पनीहरुको सूचनामा संसोधन हुने क्रमबढेपछि सेयरबजारमा सुचिकृत कम्पनीहरुले जारि गर्ने सूचना तथा जानकारी माथि नै प्रश्न उब्जिएको हो। 

यसैक्रममा लाइफ इन्स्योरेन्स कम्पनीले करिब तीन महिनाअघि ३६ प्रतिशत बोनस  र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव संसोधन गरि १२ प्रतिशत बोनस दिने सुचनाले फेरी एक पटक सेयरलगानीकर्ता लुटिएका छन। कम्पनीले ३ महिनाअघि घोषणा गरेको ३६ प्रतिशत बोनसमा बिश्वास गरि एलआईसी नेपालको सेयरमा लगानी गर्ने लगानीकर्ता लुटिएका छन। 

कम्पनीले आज कात्तिक १८ गते एक सूचना मार्फत पुर्वघोसित ३६ प्रतिशत बोनस लाभांश अब १२ प्रतिशत हुने जानकारी गराएको छ। प्राबिधिक कारणले पुन: वित्तीय विवरण पेश गर्नुपर्ने भएकाले लाभांश घटाईएको एलआईसी नेपालद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। प्राबिधिक कारण भनेको के हो भन्नेबारे लेख्न हिच्किचाएको एलआईसी नेपालले पहिले के कारणले ३६ प्रतिशत बोनस दिने घोषणा गरेको हो र अहिले के कारणले १२ प्रतिशत दिन लागेको हो भन्ने बारे कुनै स्पष्ट जानकारी दिएको छैन। 

नियामक बिमा समितिबाट केहि बिषयमा संसोधन गर्नुपर्ने हुँदा २-४ प्रतिशत लाभांश तलमाथि पर्नु स्वाभाविक ठानिएपनि २०० प्रतिशत अर्थात २४ प्रतिशतले लाभांशको अंकमा परिमार्जन हुनुलाई कम्पनीको बदनियत र कम्पनीमा कार्यरत प्रमुख कार्यकारी लगायत उच्च अधिकारिको अपरिपक्वता झल्किएको छ।

यता बिमा समितिका अध्यक्ष चिरिन्जीबी चापागाईले एलआईसी नेपालले प्रोभिजनमा पर्याप्त पैसा नराखी लाभांश घोषणा गरेकाले पुर्वघोसित लाभांश परिमार्जन हुन पुगेको बिजपाटीलाई बताएका छन। 'कम्पनीले प्रोभिजनिंङमा पर्याप्त रकम नराखी वासलात तयार गरेकोले प्रोभिजनिंङमा पर्याप्त रकम राख्न बिमा समितिले निर्देशन दिएको हो' उनले भने। 

कम्पनीले यसअघि घोषणा गरेको ३६ प्रतिशत लाभांशलाई बिश्वास गरि लगानी गरेका सेयरधनीलाई धोका भयो कि नाई भन्ने प्रश्नमा अध्यक्ष चापागाईले लगानीकर्ताले कम्पनीको घोषणामा बिश्वास गर्न नहुने जवाफ दिए।

उनले भने, 'नियामक निकायले नीति, निर्देशिकाको आधारमा कम्पनीको प्रस्ताव नियम अनुसार छ छैन भन्ने हेरेर मात्र स्वीकृति दिन्छ, नियम संगत नभए कम्पनीको प्रस्ताव परिमार्जन गर्नै पर्छ, नियामकले स्वीकृति दिएपछि मात्र लगानीकर्ताले लगानीको निर्णय लिनु पर्छ, घोषणा गर्ना साथ पछि लाग्नु हुदैन, यस अघि सुपरिवेक्षण हुने गरेकै थिएन, अहिले त्यसको सुरुवात भएको छ, कम्पनी आफै गुड गभर्नेन्समा बस्नु पर्यो।' 

अध्यक्ष चापागाईको भनाईलाई आधार मान्ने हो भने अब कुनै पनि कम्पनीले घोषणा गरेको कुनै पनि सूचनालाई बिश्वास गर्नु हुँदैन। त्यस्तो हो भने नियामकले स्वीकृति दिएपश्चात मात्रै कम्पनीको मुल्यमा प्रभाब पार्ने सूचना बाहिर ल्याउन पाउने व्यवस्था गरिनुपर्छ। अन्यथा एलआईसी नेपालको जस्तो 'बैधानिक लुट' ले थप प्रोत्साहन पाउनेछ र सेयरलगानीकर्ता ठगिनेक्रमले समेत निरन्तरता पाउनेछ।   

एलआईसी नेपालको सेयर मुल्यमा कस्तो प्रभाब ?

कम्पनीको बोनस लाभांश ३६ बाट १२ प्रतिशतमा झारिएको सूचना बाहिरिएकै दिन यसका सेयरधनीहरुले प्रति कित्ता ८९ रुपैयाँ गुमाएका छन। प्रति कित्ता १५७० रुपैयाँका दरले खुलेको कारोबार ८९ रुपैयाँले घटेर १४९१ मा आइपुगेको छ, यो मुल्य अझै कति तल जाने हो त्यो हेर्न बाँकी छ। कम्पनीले साउन २४ गते ३६ प्रतिशत लाभांश दिने घोषणा गरेको दिन कम्पनीको सेयर मुल्य प्रति कित्ता १६०० रुपैयाँले कारोबार भएको थियो। 

इनसाइड ट्रेडिङको आशंका

एलआईसी नेपालको पछिल्लो ३ दिनको कारोबार भोलुम हेर्ने हो भने इनसाइड ट्रेडिङ भएको आशंका गर्ने प्रशस्त आधार छन। कात्तिक १३ गते मात्रै १०९१६ कित्ता कारोबार भएको छ भने कात्तिक १ गते बिहिबार मात्रै १०९६० कित्ता कारोबार भएको छ। जबकी पछिल्लो २ महिनासम्म कम्पनीको कारोबार औशतमा ५००० कित्ता भएको देखिन्छ। यसले पनि गत सातानै कम्पनीका उच्च तहमा कार्यरत व्यक्तिहरुले सूचना 'लिक' गरेको अनुमान लगाउन सकिन्छ। 








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved