दोहोरो अंकले घटेको बजारमा समताका लगानीकर्ताले सर्बाधिक कमाए, ५६ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 04:13:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।  आज नेप्से सूचक १३.७० अंकले घटेर १२०७.२८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५४ कम्पनीका २७ लाख २९ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ५६ करोड ४७ लाख ८७ हजार ७ सय ३६ रुपैयाँको कारोबार भएको छ ।  

आज माछापुच्छ्रे बैंकको संस्थापक शेयरको सर्बाधिक १६ करोड ५६ लाख र निर्धन उत्थान बैंकको संस्थापक शेयरको ११ करोड ८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, लाइफ इन्स्योरेन्स कम्पनी, एभरेस्ट बैंक लगायत रहेका छन् । 

आज समता माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ७.२० प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक, आरम्भ माइक्रोफाईनान्स, नेशनल हाइड्रोपावर कम्पनी लगायत रहेका छन् । 

यस दिन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् । अन्य बढी गुमाउनेमा एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी , देव विकास बैंक, नेपाल सेवा लघुवित्त लगायत रहेका छन् । 

आज कारोबारमा अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

यो पनि : 

एलआईसी नेपालको 'बैधानिक लुट' बारे के भन्छ बिमा समिति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved