अपर तामाकोशीको आइपिओमा ५ अर्बको आवेदन, आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 12:33:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा आबेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कात्तिक १४ देखि निष्काशन गरेको आइपीओमा सोमबार बिहानसम्म करिब पाँच अर्ब रुपैयाँ बराबरको आबेदन परेको बिक्रि प्रबन्धकले जनाएका छन। 

सोमबार बिहान ११ बजेसम्म करिब २ लाख ५६ हजार आवेदकबाट ४ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयरका लागि आबेदन परेको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।    

यसअघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको अपर तामाकोशीले अहिले सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्रि खुला गरेको हो। कार्तिक १५ गतेदेखि बिक्रि खुला गरिएको तामाकोशीको आईपिओमा लगानीकर्ताले कात्तिक १९ गते अर्थात (आजसम्म) न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सक्नेछन। 

नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै तामाकोशीको आईपिओमा आवेदन भर्न सकिने व्यवस्था छ भने मेरो शेयर प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन। कम्पनीको बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्रि प्रबन्धकमा सनराइज क्यापिटल छन। 

कसले दिन पाउछ आवेदन ? 

यस आईपिओमा सबै नेपाली नागरिकले आवेदन दिन सक्ने छन। तर यसअघि नै कम्पनीको शेयर खरिद गरेकाले भने आईपिओ भर्न पाउने छैनन्  ।  स्थानीयलाई शेयर जारी गर्दा शेयर खरिद गरेका आयोजना प्रभावित दोलखावासीले यसमा आवेदन दिन पाउने छैनन् । तर त्यस समय शेयर खरिद नगरेका स्थानीयले भने आवेदन दिन पाउने छन। 

त्यस्तै कर्मचारी वा संस्थापकको रुपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्बजनिक निष्काशन हुनु पर्व कम्पनीको शेयर प्राप्त गरेको शेयरधनीले पनि यसमा आवेदन दिन पाउने छैन । संस्थापक शेयरधनी तथा उसको परिवारको सदस्यलाई समेत यसमा आवेदन दिन बन्देज गरिएको छ । यदि आवेदन दिन बन्देज लगाईएका यी व्यक्तिले आवेदन दिएमा त्यस्तो आवेदनलाई बाँडफांड प्रक्रियामा समाबेश नगराइने कानुनि ब्यबस्था छ। 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

अपर तामाकोशीको आइपीओमा लगानी कति प्रतिफलमुलक ? (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved