अनलाईन ट्रेडिङको पुर्वसन्ध्यामा दोहोरो अंकले बढ्यो नेप्से, प्रभु बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 03:30:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाईन ट्रेडिङ सुरुवातको पुर्वसन्ध्यामा बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ११.९२ अंकले बढेर १२१९.२० को उचाईमा पुगेर रोकिएको छ ।  आज कारोबारमा आएका १ सय ५५ कम्पनीका ८ लाख २२ हजार २ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाँको कारोबार भएको छ । 

आज प्रभु बैंकको सर्बाधिक ४ करोड १७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, जनता बैंक, नेपाल बैंक लगायत रहेका छन् । 

आज लक्ष्मी लघुवित्तका लगानीकर्ताले सर्बाधिक ६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा ग्लोबल आईएमई लघुवित्त, नाडेप लघुवित्त, अरुण भ्याली हाइड्रो, सहयोगी विकास बैंक लगायत रहेका छन् । 

आज शृजना फाइनान्सका लगानीकर्ताले सर्बाधिक १.८६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा अरुण काबेली हाइड्रो, हाथवे फाइनान्स, एभरेस्ट इन्स्योरेन्स, कालिका पावर लगायत रहेका छन् । 

नेप्सेले भोली मंगलबारदेखि शेयर बजारमा अनलाइन प्रणालीको सुरुवात गर्दै छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved