अनलाईन ट्रेडिङपछि पहिलो पटक दोहोरो अंकले बढ्यो नेप्से, कमाउनेमा उन्नति अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 04:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन ट्रेडिङ कारोबार सुरु भएपछि पहिलो पटक नेप्से दोहोरो अंकले बढेको छ ।  मंगलबार नेप्से १३.९७ अंकले बढेर १२०७.३२ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५० कम्पनीका ६ लाख ५५ हजार ५ सय ९७ कित्ता शेयर कारोबारबाट १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाँको कारोबार भएको छ । 

आज प्रभु बैंकको सर्बाधिक १ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।  अन्य बढी कारोबार हुनेमा अपि पावर, एनआईसी एसिया, मेगा बैंक , नेपाल लाईफ इन्स्योरेन्स, नेपाल बैंक लगायत रहेका छन् । 

आज उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा आरम्भ माइक्रोफाइनान्स, शप्तकोशी डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्त लगायत रहेका छन् । आज एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ८.५७ प्रतिशत गुमाएका छन् ।  अन्य बढी गुमाउनेमा हिमालय पावर पार्टनर, एभरेष्ट इन्स्योरेन्स, अरुण काबेली हाइड्रो लगायत रहेका छन् । 

आज कारोबारमा आएका फाइनान्स बाहेकका सबै समुहगत सूचक बढेको छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved