जनता बैंकको सबै सूचकमा उत्साहजनक प्रगती, शतप्रतिशतले नाफा बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 03:27:59 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिबेणी र सिद्दार्थ डेभलपमेन्ट बैंक गाभेको जनता बैंक @J ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा दोब्बरले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्ष १६ करोड खुद मुनाफा गरेको बैंकले यस अवधिमा दोब्बरले कमाई बढाएर ३२ करोड १९ लाख खुद मुनाफा आर्जन गरेको छ। 

बैंकले ३२ करोड खुद मुनाफा गरेपनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा २५ करोड ५९ लाख पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको फ्रि प्रोफिट ६ करोड ४८ लाख मात्रै थियो। राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।   

पहिलो तिन महिनामा बैंकको निक्षेप संकलन तथा कर्जा लगानीमा सुधार देखिएको छ। यस अवधिमा बैंकले ६२ अर्ब ८८ करोड निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड कर्जा लगानी प्रवाह गरेको छ। गत बर्षको यस अवधिसँगको तुलनामा बैंकको निक्षेप २०।३७ र कर्जा लगानी २३।३७ प्रतिशतले बढेको छ। 

कर्जा प्रवाहबाट बैंकलाई ७९ करोड ५० लाख खुद ब्याज आम्दानी भएको छ। जुन गत बर्षको यसै अवधीसंगको तुलनामा करिब ५६ प्रतिशतले बढी हो।  कर्जा परिचालनमा वृद्धि देखिंदा बैंकको निष्क्रिय कर्जा घटेको छ। जुन बैकको सेयरधनिका लागि खुसिको बिषय हुन सक्छ। यस अवधिमा बैंकले निष्कृय कर्जा अनुपात १.६५ प्रतिशतलाई १.५४ प्रतिशतमा झारेको छ। 

दुई बलिया बिकास बैंकलाई गाभेको जनताको प्रति सेयर आम्दानी समेत ९ रुपैयाँ २३ पैसाबाट बढेर १६ रुपैयाँ १० पैसा पुगेको छ। त्यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.९३ गुणा बढी छ।

अघिल्लो आर्थिक बर्षको नाफाबाट १४.४० प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याएको बैकको जगेडा कोषको आकार समेत बढेर २ अर्ब २४ करोड पुगेको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved