लगानीकर्ता संघको दबाबपछि एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार रोक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 18, 2018 | 02:09:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार रोक्का भएको छ । मूल्य समायोजनको बिषयमा लगानीकर्ता संघका अधिकारीहरुले आपत्ति जनाउदै निर्णय पुनर्विचार गर्न आग्रह गरेपछि कारोबार रोक्का भएको हो  ।

एभरेष्टले जारी गर्न लागेको १०५ प्रतिशत संस्थापक हकप्रद सेयरमा नेप्सेले बुधबार मूल्य समायोजन गरेको थियो । तर संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्नु नहुने लगानीकर्ताहरु संघहरुले माग गरेपछि नेप्सेले थप छलफलको लागि कारोबार रोक्का गरेको हो ।

आज एक दिनको लागि कारोबार रोक्का गर्ने निर्णय भएको नेप्सेका सीइओ चन्द्रसिंह साउदले जानकारी दिए  । उनले नियामक निकाय धितोपत्र बोर्डसँग छलफल गरेर भोलि कारोबार सुरु हुनु भन्दा अगाडी नै के गर्ने भन्नेबारे निर्णय गरिने जनाए  । 

उनका अनुसार मूल्य समायोजनपछि कम्पनीको २ पटक मात्र कारोबार भएको छ  । एक पटक ३०० कित्ता र अर्को पटक २० कित्ता कारोबार भएको उनले जानकारी दिए  । यी दुवै कारोबार रद्द हुने छन् ।

आइतबार बिहान सेयर बजारसँग सम्बन्धित  तीन वटै लगानीकर्ता संघका अधिकारीहरुले सीइओ साउदलाई भेटेर  सेयर कारोबार रोक्का गर्न माग गरेका थिए ।  कम्पनीले मंसिर  १६ गतेदेखि हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ  । 

यो पनि :

एभरेष्ट इन्स्योरेन्सले मंसिर १६ देखि हकप्रद निष्काशन गर्ने, कसरी पुग्छ १ अर्ब पुंजी ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved