दोहोरो अंकले घट्यो नेप्से, नेपाल बैंकको मात्रै ४२ प्रतिशत कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2018 | 03:43:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.१४ अंकले घटेर ११९४.८७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १४५ कम्पनीका १० लाख ७९ हजार ४ सय २७ कित्ता शेयर खरिद बिक्रिबाट ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल बैंकको सबै भन्दा धेरै १४ करोड ५ लाख बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४२.११ प्रतिशत हो । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक लगायत रहेका छन् । आज कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

यस दिन पन्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबै भन्दा २.४४ प्रतिशत कमाएका छन् । सर्बाधिक गुमाउनेमा समता माइक्रोफाइनान्स रहेको छ । आज समताको शेयर मूल्य ८.४९ प्रतिशतले घटेको छ । अन्य बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स, राधी बिद्युत कम्पनी, अरुण भ्याली हाइड्रो लगायत रहेका छन् । 

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved