४० प्रतिशत लाभांश घोषणा गरेको नेशनल माइक्रोफाइनान्सको एजिएम आह्वान, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 09:00:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले आगामी मंगसिर २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो 

साधारणसभामा कम्पनीले यस अघि प्रस्ताव गरेको ४० प्रतिशत लाभांश प्रस्ताव पेश हुने छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ३ लाख रुपैयाँ रहेकोमा लाभांश बितरण पश्चात चुक्ता पूँजी १५ करोड ३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले मंगसिर १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंगसिर १४ गतेसम्म कायम लगानीकर्ताले मात्र साधारणसभामा भाग लिन र लाभंश पाउन सक्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved