सिटिजन्स बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 03:13:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले २ अर्ब ५० करोड  बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ  । बैंकले  रु १००० अंकित दरका २५,००,००० कित्ताले हुुन आउने रु २ अर्ब ५० करोड  बराबरको “सिटिजन्स बैंक बण्ड २०८५”  निष्कासन गर्ने भएको हो  ।

ऋणपत्र निष्काशनको लागि  ग्लोबल आइएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन भएको छ  ।  सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् । २ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (रु २ अर्ब) व्यक्तिगत (private placement) र २० प्रतिशत (रु ५० करोड) सर्वसाधरणहरु (public issue ) का लागि निष्काशन हुने छ  ।

नेपाल धितोपत्र बोर्डले स्वकृति दिएपछि ऋणपत्र निष्काशन गर्ने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved