जोशी हाइड्रोको १६ करोड ९० लाखको आईपिओ मंसिर १६ देखि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 08:57:16 AM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंगसिर १६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले  १६ करोड ९० लाख ४७ हजार बराबरको १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सो मध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ । बाँकि रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा मंगसिर १९ गतेदेखि ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्म आवेदन दिन सक्ने छन । सी आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर अनलाइनबाट मात्र आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको आईपिओले इक्रा नेपालबाट  ग्रेड ५ को रेटिंग पाएको छ जसले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ । 

आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved