सामुदायिक लघुवित्तको आईपिओमा ६० गुणा बढी आवेदन, कतिले भरे शेयर ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 21, 2018 | 05:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर २ गतेदेखि निष्काशन गरेको आईपिओमा अत्याधिक आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज बुधबार ५ बजेसम्मको तथ्यांक अनुसार आईपिओमा २ लाख ५४ हजार ६ सय ९३ आवेदकले १ करोड ६५ लाख ४० हजार १  सय ७० कित्ताको लागि आवेदन दिएको बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।  यो माग भन्दा ६०.५८ गुणा बढीको आवेदन हो ।  अझै केहि आवेदन फेरिफाई हुने क्रममा रहेकोले यो तथ्यांक केहि घटबढ हुन् सक्ने नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।  

 कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हो । यस हिसाबमा कुल ३० हजार जनाले १० कित्ताको दरले शेयर पाउने भएकाले यहि तथ्यांक अनुसार २ लाख २४ हजार ६ सय ९३ जनाले शेयर पाउने छैनन् । कम्पनीले ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। 

कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपियो निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको,  रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो 

रोकिएको आईपिओ झन्डै १ बर्ष पछि आएकोले कम्पनीले संशोधित आह्वान पत्र सार्बजनिक गरेको छ । 

सम्बन्धित समाचार: 

आईपिओ रोकिएको सामुदायिक लघुवित्तका सीइओ र संचालक समितिका अध्यक्ष पक्राउ

सामुदायिक लघुवित्तका सीईओलाई राष्ट्रबैंकले गर्यो कारबाही, कहिले आउछ रोकिएको आईपिओ ?

अचानक किन रोकियो सामुदायिक लघुवित्तको आईपिओ? यसो भन्छन बोर्ड, राष्ट्र बैंक र बिक्रि प्रबन्धक

भोलीबाट बिक्रि खुला हुने भनिएको सामुदायिक लघुवित्तको आईपिओ निष्काशन प्रक्रिया स्थगित


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved