एनएमबि बैंकले प्रस्ताब गर्यो आकर्षक लाभांश, अरु बैंकको कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 09:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले गत आर्थिक बर्षको कमाईबाट आकर्षक लाभांश प्रस्ताब गरेको छ। बैंकको बुधबार अबेर गरि बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश प्रस्ताब गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट बैंक र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको आकर्षक लाभांश पाउनेछन।बिजपाटी डटकमले एनएमबि बैंकले १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस गरि ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो।  

बैंकले केहि समय अघि मात्रै अघिल्लो आर्थिक बर्षको कमाईबाट एफपीओले समेत पाउनेगरि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बैंकका सेयरधनीहरुले छोटो अवधिमै दुई पटक लाभांश प्राप्त गर्ने मौका पाएका छन। 

३० प्रतिशत लाभांश प्रस्ताब पारित भए पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७४ करोडबाट ९ अर्ब ६१ करोड पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख बितरणयोग्य खुद मुनाफा आर्जन गरेको छ। 

यसअघि सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन। सानिमा लगायत केहि बैंकले अपेक्षकृत रुपमा बोनस सेयर घोषणा नगरेपनि एनएमबि बैंकले भने बोनस सेयर सहित ३० प्रतिशत लाभांश घोषणा गरेर सेयरधनीहरुलाई खुसि दिएको छ। अब  सिद्दार्थ र नेपाल एसबिआई बैंकले सम्भवत छिट्टै लाभांश घोषणा गर्नेछन।     

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved