लक्ष्मी लघुवित्तले साधारणसभा डाकेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले पुस १ गतेको लागि साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
साधारणसभामा लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पेश हुने छ ।
कम्पनीले आर्थिक बर्षको मुनाफाबाट २६.३२ प्रतिशतले हुन् आउने ६ करोड ३६ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई बितरण हुनेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् । हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २० लाख रहेको छ ।
यस्ता छन् साधारणसभाका एजेण्डाहरु :