फाइदा हुँदा सुटुक्क नेप्से 'पस्ने' नेताहरुले अप्ठयारोमा लगानीकर्ता गुहारे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 09:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा अनलाइन कारोबार प्रणाली कार्यन्वयनमा देखिएको समस्यामा लगानीकर्तामा निराशा छाएको भन्दै लगानीकर्ता संगठनहरुहरुले आन्दोलनको घोषणा गरेका छन। आफ्ना स्वार्थपूर्ति हुने बेला सुटुक्क नेपाल स्टक एक्सचेन्जको कार्यालय पुग्ने लगानीकर्ताका नेताहरुले अहिले भने आन्दोलनमा सघाउन सर्वसाधारण लगानीकर्ताहरुलाई गुहारेका छन। 

लगानीकर्ता संगठनहरुको मङ्सिर ९ गते बसेको संयुक्त बैठकले अनलाइन कारोबार प्रणाली कार्यन्वयनमा देखिएको समस्याले आम लगानीकर्तामा निराशा छाएको निष्कर्ष निकाल्दै मङ्सिर १० गते नेप्से कार्यालय घेर्ने निष्कर्ष निकालेको हो।

बिगतमा एकै संस्था भएपनि स्वार्थ बान्झिएर ४ टुक्रा बनेका लगानीकर्ताका ४ संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन। मङ्सिर १० गते बिहान १० बजे नेप्से परिसरमा भेला भई प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको चारैवटा संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।  

नेप्सेले सिडीएससी, ब्रोकर र सरोकारवालाहरुसंग छलफल गरि केहि दिन भित्रै लगानीकर्ताको हातमा अनलाइन कारोबार प्रणाली पुर्याउने योजना बनाइरहेको बेलामा संगठनका नेताहरुको आन्दोलनलाई महत्त्वका साथ हेरिएको छ।           

बिज्ञप्तीमा बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध भएको भनीएपनि नेप्सेले भने सरकारी स्वामित्व बढी हुँदा हस्तक्षेप बढेको भन्दै नेप्सेलाई निजीकरणको बाटोमा लैजाने पूर्ण तयारि गरेको छ। यसका लागि बिभिन्न चरण गरि नेप्सेले डीडीए गरेको छ। पहिलो चरणमा नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको करिब ३५ प्रतिशत सेयर निजीकरण गरिने भएको छ। 

अनलाइन कारोबार जस्तो प्राविधिक बिषयमा सबै सरोकारवाला पक्षहरुलाई एक साथ राखेर छलफल तथा अन्तरकृया कार्यक्रम गर्नुपर्ने लगानीकर्ता संगठनहरुले सेयरबजार नै प्रभावित हुनेगरि आन्दोलन थाल्नुलाई 'भित्रै भित्र' ठुलै बिषयमा बार्गेनिङ चलेको बिश्लेष्ण गरिएको छ। त्यसो त गत साता मात्रै नेपाल इन्भेष्टर्स फोरमका एक नेताले नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई 'सुटुक्क' भेटेका थिए। अप्ठ्यारो परेको बेला लगानीकर्ता गुहार्ने ति नेताले आफु एक्लै नेप्सेका प्रमुखलाई भेटेर के कुरा गरे भन्ने बारे आफु अन्जान रहेको नेप्सेका कर्मचारीको भनाई छ।  

चोरबाटोबाट किनेको नेपाल बैंकको एफपीओ सिधै आफ्नो खातामा पठाउन, एभरेष्ट इन्स्योरेन्सको सेयरमुल्य समायोजन नगर्न लगायतका बिषयमा एक्लै एक्लै नेप्से पस्ने लगानीकर्ता संगठनका नेताहरु यस पटक अप्ठ्यारो परेपछि लगानीकर्तालाई लिएर नेप्से घेराउ गर्न जाने भएका हुन। 

यो पनि 

सेयरबजारका नेताहरुको व्यवहार: काम कुरो एकातिर, कुम्लो बोकी…

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved