'सामुदायिक लघुवित्तका लगानीकर्तालाई १० प्रतिशत लाभांश र ७५ प्रतिशत हकप्रद'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 11:53:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्थाले पहिलो बर्ष १० प्रतिशत लाभांश दिने भएको छ । आईपिओ बाँडफांड कार्यक्रममा कम्पनीका सीईओ डा शिवहरि श्रेष्ठले पुंजी वृद्धि योजनाबारे जानकारी दिदै पहिलो बर्ष १० प्रतिशत लाभांश दिने बताएका हुन् । उनले यो नगद लाभांश हुन्छ कि बोनस हुन्छ भन्ने बारे संचालक समितिले पछि निर्णय गर्ने बताए । 

त्यस्तै उनले दोस्रो लाभांश सहित ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने योजना रहेको उनले बताए । हकपरदपछि १५ प्रतिशत बोनस वितरण गर्ने उनले जानकारी दिए । 

आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १० करोड पुगेको छ  ।  बोनस र हकप्रद गरेर आगामी ५ वर्षामा २३ करोड चुक्ता पुंजी पुर्याईने सीइओ श्रेष्ठले जानकारी दिए । 

आईपिओमा कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र  शेयर हात पारेका छन। यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली भएका छन। आईपिओमा ६ सय ४९ जनाको आवेदन रद्द भएको छ।   

लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारी छुट्टाएर सर्वसाधारणलाई २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। 

कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपिओ निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको,  रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो ।

आईपिओ बाँडफाँडको नतिजा बिजपाटी डटकममा  प्रकाशित भएको छ । बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा सामुदायिक लघुवित्त वित्तीय संस्था छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए Sorry, You have not been alloted on Following Details भनेर देखाउछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved