माथिल्लो तामाकोशीको आईपिओ तपाईलाई ४० कित्ता पर्यो कि ५० ? बिजपाटीमा यसरी हेर्नुस नतिजा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 27, 2018 | 05:32:48 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफांड भएको छ । बबरमहलको क्रिष्टल प्यालेसमा शेयर बाँडफांड भएको हो । कम्पनीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

आईपिओमा कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएका थिए । जस मध्ये विभिन्न कारणले ५ हजर ७ सय आवेदन रद्द भएको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जना आवेदक शेयर पाउन योग्य रहेकोमा सबले शेयर पाएका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् । 

यस अघि कम्पनीले ऋणदाता कम्पनीका कर्मचारी र स्थानीयलाई शेयर निष्काशन गरेको थियो । तर उनीहरु मध्ये केहिले फेरी सर्वसाधारणको कोटाको शेयरमा पनि आवेदन गरेका हुन् । पहिले आवेदन गरेका ४ हजार ६ सय ८१ ले फेरी आवेदन गरेकोले उनीहरुको आवेदन रद्द भएको छ । त्यस्तै सिआश्वाबाट दोहोरो आवेदन दिने १ हजार ३२ जनाको आवेदन पनि रद्द गरिएको छ।

आईपिओ बाँडफाँडको नतिजा बिजपाटी डटकममा  प्रकाशित भएको छ । बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओ नपरेको भए Sorry, You have not been alloted on Following Details भनेर देखाउछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved