सेयरबजार विश्लेषक बस्याल सुरक्षा खोज्दै प्रहरी कार्यालयमा, आक्रमणकारीलाई कारबाहीको माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 04:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ता संगठनले आब्हान गरेको आन्दोलनमा कुटिनबाट बालबाल बचेका सेयरबजार विश्लेषक विष्णुप्रसाद बस्यालले आफूमाथिको आक्रमण दोहोरिन सक्ने भन्दै प्रहरीसंग शान्ति सुरक्षाको माग गरेका छन। 

आफूमाथि केहि व्यक्तिहरुको समुहले नियोजित रुपमा नै आक्रमण गरेकाले आगामी दिनमा पनि यस्तो आक्रमणको सम्भावना भएको भन्दै बस्यालले उनीहरुको पहिचान गरि उचित कानुनि कारबाहीको माग गरेका छन। साथै बस्यालले भविष्यमा आक्रमणको सम्भावना भएको भन्दै सुरक्षाको माग गरेका छन। 

बस्यालले लगानीकर्ता संगठनहरुको मङ्सिर १० गतेको संयुक्त आन्दोलनमा आफुमाथी भएको आक्रमणको भिडियो फुटेजलाई प्रमाण बनाएर मंसिर १२ गते महानगरीय प्रहरी वृत्त अनामनगरमा ठाडो उजुरी दिएका हुन।  

नेपाल स्टक एक्सचेन्ज, नेप्सेले सेयरबजारमा अनलाइन कारोबार प्रणाली ल्याउने क्रममा समस्या देखिएको भन्दै सेयर बजारसंग सम्बन्धित चार लगानीकर्ता संगठनले नेप्से कार्यालय घेराउ गरेका थिए। सो क्रममा नेप्से घेर्न पुगेका लगानीकर्ता संगठनका केहि ब्यक्ती तथा लगानीकर्ताका केहि व्यक्तिहरुले बस्यालमाथि आक्रमणको प्रयास गरेका थिए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved