नाडेप लघुवित्तको लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 30, 2018 | 11:51:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले लाभांश घोषणा गरेको छ  । कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुंजी १६ करोडको ३० प्रतिशत बोनस धेयर दिने प्रस्ताव गरेको हो  ।  कम्पनीले ३० प्रतिशतले कायम हुन् आउने ४ करोड ८० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी १६ करोड रहेको छ । कम्पनीले मंसिर २३ गतेदेखि  १:१ को अनुपातमा शतप्रतिशतले हुन् आउने  १६ लाख कित्ता हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीका कार्यबाहक सीइओ अमृत रुपाखेतीले हकप्रदले पनि बोनस पाउने बताएका छन्  ।  हकप्रदले पनि पाउँदा बोनस दर १५ प्रतिशत कायम हुनेछ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved