एभरेस्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद बिक्रि खुला, कसरी पुग्छ १ अर्ब पुंजी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 10:14:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट इन्स्योरेन्सले आज मंसिर १६ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको छ  । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरुको लागि १:१.०५ को अनूपातमा १०५ प्रतिशत हकप्रद निष्काशन गरेको हो  । कम्पनीले  १४ करोड ३ लाख ३२ हजार, ५ सय रुपैया बराबरको १४ लाख ३ हजार ३ सय २५ कित्ता शेयर निष्काशन गरेको हो  । 

शेयर निष्काशनको लागि कम्पनीले सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । हकप्रदको लागि कार्तिक २७ गते बुक क्लोज भएकोले कार्तिक २६ गतेसम्म कायाम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन्  । लगानीकर्ताले पुस २२ गतेसम्म हकप्रद भर्न सक्ने छन्  ।  

एभरेस्ट इन्स्योरेन्सको शाखा कार्यालयहरु, सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल र सम्पूर्ण सी आश्वा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले आवेदन दिन सक्ने छन्  ।   

कम्पनीले १ अर्ब चुक्ता पुंजी कायम गर्न २ चरणमा गरेर हकप्रद निष्काशन गर्न लागेको हो  । हाल कम्पनीको चुक्ता पुंजी पँजी १३ करोड ३६ लाख रहेको छ  । १०५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ भने कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम हुनेछ । यो संस्थापक हकप्रद शेयर हो र हाल कायम रहेका सदस्यहरुलाई नै बिक्रि गरिने हो  ।

५१:४९ शेयर स्वामित्व कायम भएपछि कम्पनीले पुन ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ  । ३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ ।

उदाहरणको लागि यदि अहिले कुनै लगानीकर्तासंग कम्पनीको १०० कित्ता शेयर छ भने १० प्रतिशत बोनसपछि ११० कित्ता हुनेछ  ।  १०५ प्रतिशत हकप्रदपछि २२५.५ कित्ता सेयर हुनेछ । २२५.५ कित्ता मध्ये ११० कित्ता साधारण शेयर हो जुन बोनस पश्चात कायम भएको थियो । बाँकि ११५.५ कित्ता शेयर भने संस्थापक हकप्रद भरेको हुनाले संस्थापक सेयर हुनेछ ।

२२५.५ कित्ता सेयर भए पछि  कम्पनीले  ३०० प्रतिशत हकप्रद जारि गर्ने छ । त्यस पछि शेयर संख्या  ६७६.५ कित्ता पुग्ने छ । ६७६.५ कित्ता मध्ये ३३० कित्ता साधरण र ३४६.५ कित्ता संस्थापक सेयर हुनेछ । 

 कम्पनीले यस अघि बिमा समितिले तोकेको चुक्ता पुंजी पुर्याउन ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक शेयरधनी नभएको र संस्थापक शेयरधनी कायम गरेर मात्र हकप्रद निष्काशन गर्न निर्देशन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved