दोहोरो अंकले घटेको बजारमा नेपाल बैंकको कारोबार उच्च, कमाउनेमा विजय लघुवित्त अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 02, 2018 | 04:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज सूचक १७.७३ अंकले घटेर ११३०.६३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५६ कम्पनीका १४ लाख ४२ हजार १ सय ३८ कित्ता शेयर खरिद बिक्रिबाट ४५ करोड ४६ लाख ९५ हजार ९ सय ९५ रुपियाँको कारोबार भएको छ । 

आज  ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ भने कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ । सो उपसमूह २.९६ अङ्कले बढेको छ । यस्तै बैँकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ अङ्कले घटेको छ । 

आज नेपाल बैंकको सविया भन्दा धेरै ७ करोड १९ लाख बराबरको कारोबार भएको छ । अन्य बह्दी कारोबार हुनेमा एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, प्रभु बैंक लगायत रहेका छन् । 

आज विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved