दोहोरो अंकले घट्यो सूचक, कमाउनेमा हाथवे फाइनान्स अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 05, 2018 | 04:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक २२.८० अंकले घटेर १११८.१९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५६ कम्पनीका ११ लाख ६८ हजार २ सय ३३ कित्ता शेयर खरिद बिक्रिबाट ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल बैंकको सबै भन्दा धेरै ३ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।  अन्य बढी कारोबार हुनेमा ग्लोबल आईएमई बैंक, मिर्मिरे माइक्रोफाइनान्स प्रमोटर शेयर, एनएमबी बैंक, नबिल बैंक प्रमोटर शेयर लगायत रहेका छन् । आज कारोबारमा आएका सबै समुहगत उपसुचक घटेका छन् । 

आज हाथवे फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.७७  प्रतिशत कमाएका छन् ।  अन्य बढी कमाउनेमा दिब्यश्वरी हाइड्रो, तिनाउ विकास बैंक, कालिका पावर, सिटी एक्सप्रेस फाइनान्स लगायत रहेका छन् । 

आज राधि बिद्युतका लगानीकर्ताले सर्बाधिक ६.८९ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रोफाइनान्स, कालिका लघुवित्त लगायत रहेका छन् । 

बैंकहरूले निक्षेपकाे व्याज बढाएपछि सेयर बजार उच्च अंकले घटेकाे विश्लेषण गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved