अर्थ मन्त्रालयमा दिनभर पुँजीबजारबारेको छलफल, गर्यो यस्तो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 05:26:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुंजीबजारमा देखिएको समस्या पहिचान गरी सझाव पेश गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्ति अध्ययन गरी समस्याको पहिचान गर्न र तिनको समाधानका लागि ७ दिनभित्र सुझाव दिन भन्दै समिति गठन गरिएको हो ।

समितिको संयोजकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ रहेका छन् समिति सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित छन्।

समितिले पेश गरेको सुझावको आधारमा आगामी योजना बनाई अगाडी बढ्ने मन्त्रालयले जनाएको छ ।

बैंकर्स संघले ब्याजदर तोक्ने अधिकार बैंक स्वयंलाई दिने निर्णय गरेसंगे बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका थिए । यसले शेयरबजारमा नकारात्मक प्रभाव परेको हो । शेयर बजारसाथै समग्र अर्थतन्त्रमा नै यसले नाकारात्मक असर गर्ने भएकोले अर्थमन्त्रीले आज यस बिषयमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र बैंकर्ससंघका प्रतिनिधिसंग छलफल गरेका थिए । छलफलमा समिति गठन गरेर अगाडी बढ्ने सहमति भएको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved