धितोपत्र बोर्डले माग्यो बजार निर्माता र डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे विवरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 06:30:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बजार निर्माता÷डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे बारेमा नेप्सेसंग जानकारी माग गरेको छ  ।   नेप्सेले अनलाईन कारोबार प्रणाली शुरु गरिसकेको सन्दर्भमा  धितोपत्र बजारमा बजार निर्माता÷डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा बोर्डले जानकारी माग गरेको हो ।

धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता ÷डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ्ग समेत गर्ने  गर्दछ । धितोपत्र बजारमा बजार निर्माता ÷डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास रहेको छ ।

बोर्डले आफ्नो नीति तथा कार्यक्रममा पूँजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले बजार निर्माता÷डिलर लाई पूँजीबजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम उल्लेख गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved