फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स Forward Community Microfinance Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगम्दी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १ लाख रहेको छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी ३७ करोड ५२ लाख पुग्ने छ ।