सिंहदरबार अगाडी हुनुपर्ने आन्दोलन स्टक एक्सचेन्जको दैलोमा किन ? (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2018 | 08:36:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारको बिस्तार र विकासको लागि बिभिन्न बुँदा अघिसारेर लगानीकर्ताको एक स्वतन्त्र समुहले आइतबारदेखि (मङ्सिर २३) रिले अनसन थालेको छ। 'सेयर लगानीकर्ता दबाब समुह' नाम दिईएको एउटा लगानीकर्ताको समुहले अर्थमन्त्री डा युबराज खतिवडाको राजिनामालाई प्रमुख प्राथमिकतामा राखेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दैलोमा अनसन थालेको छ। 

उनीहरुले अघिसारेका मागहरुमा अर्थमन्त्रीको राजिनामा, गैर आवासीय नेपालीलाई पुंजीबजारमा भित्र्याउन कार्यविधि तत्काल लागू हुनुपर्ने, सेयरधितो कर्जाको सिमा धितो मुल्यांकनको ८० प्रतिशत पुग्नुपर्ने, मार्केट मेकरको व्यवस्था, नेप्सेको पुनर्संरचना, बिमा लाइसेन्स वितरणको छानविन र पुंजीगत लाभकरको बिषय जस्ता बिषयहरु छन।

नेप्सेको दैलोमा अनसन रिले थालेका लगानीकर्ताको दबाब समुहको मागबारे औपचारिक रुपमा आफुहरुलाई जानकारी नभएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बिजपाटीलाई बताए। 'नेप्सेको दैलोमा अनसन थालिएको छ, के बिषयमा चित्त नबुझेको हो, औपचारिक रुपमा जानकारी नै गराउनु भएको छैन' उनले भने।

लगानीकर्ताको दबाब समुहले उठाएका धेरै मागहरु आफ्नो कार्यक्षेत्र भित्र नपर्ने नेप्सेको भनाई छ। आफ्नो कार्यक्षेत्र भित्र नै नपर्ने माग लिएर नेप्सेको दैलोमा गरिएको अनसनले आफुहरु आश्चर्यमा परेको नेप्सेका एक अधिकारिले बिजपाटीलाई बताए। 'अर्थमन्त्रीको राजिनामा र बजारमैत्री नयाँ अर्थमन्त्री भनिएको छ, त्यो माग सरकारले पुरा गर्ने हो, हामि नियामक बोडी भएपनि समन्वय गर्ने नाममा अर्थमन्त्रीलाई राजिनामा देउ भन्न जान त मिलेन नि ?' ति अधिकारिले भने, 'यहाँ सेयरबजार जस्तो संबेदनशिल बिषयलाई प्रयोग गरेर राजनीति गर्न खोजिएको छ, अधिकारको हिसाबले सेयरबजारको सबैभन्दा कमजोर मानिने निकायको दैलोमा रिले अनसन गरिएको छ, यस्तो आन्दोलन त सिंहदरबारमा हुनुपर्ने हो।'

आन्दोलनमा सहभागी मध्येका एक अनसनकर्मी सन्तोस बस्नेतसंग नेप्सेको गुनासो र आम लगानीकर्ताले जान्न चाहेको बिषयलाई समेटेर बिजपाटी डटकमले कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:           





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved