सरकारलाई समर्थन गरेको पार्टीले नै माग्यो अर्थमन्त्री युवराज खतिवडाको राजिनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 09:15:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार मै रहेको पार्टी राजपा नेपालले अर्थ मन्त्री डा युवराज खतिवडाको राजिनामा माग गरेको छ । विभिन्न दश बुदेँ माग सहित अनसन बसेका शेयर लगानीकर्ता दबाब समुहको आन्दोलनमा राजपा नेपालले एक्यबद्धता जनाएको हो ।

आइतबार राजपा नेपालले एक बिज्ञप्ति जारी गर्दै आन्दोलनमा आफ्नो एक्यबद्धता रहेको जनाएको हो । त्यस्तै पार्टीले आफ्नो लगानीलार्इ सुरक्षित राख्न आन्दोलन र अनसन बस्नु पर्ने परिस्थिति दुर्भाग्यपूर्ण भएको भन्दै पुँजी बजारलार्इ सामान्य पार्दै लगानीकर्ताको हितमा अबिलम्ब पहल गर्न सरकारकाे ध्यानfकर्षण गराएकाे छ । 

दबाब समुहले आफ्नो मागको पहिलो बुंदा मै अर्थमन्त्रीको राजिनामा माग गरेको छ । राजपाले आन्दोलनमा ऐक्यबद्धता जनाउनुको अर्थ उसले पनि राजिनामा माग गरेको छ । केपि शर्मा ओली प्रधानमन्त्री बन्दा राजपा नेपालले पनि सरकारलाई समर्थन गरेको थियो । पार्टीको तर्फबाट कुनै मन्त्री नभएपनि पार्टीको समर्थन सरकारलाई छ । अर्थात् हालको सरकार राजपाको पनि हो । 

यस्तो छ राजपाको बिज्ञप्ति  ।



यस्ता छन दबाब समुहका माग  यो पनि :सिंहदरबार अगाडी गर्नुपर्ने आन्दोलन नेप्सेको ढोकामा किन ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved