चौतारी लघुवित्तको आईपिओमा कति पर्यो आवेदन ? यस्तो आयो अन्तिम तथ्यांक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 11:40:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओमा ३१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा २ लाख ७७ हजार ६  सय ८८ आवेदकबाट १ करोड ७५ लाख ३ सय कित्ताको लागि आवेदन परेको छ ।  

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसै तथ्यांकलाई आधार मान्ने हो भने आईपिओमा २ लाख २१ हजार ६ सय १८ बढी आवेदक हात खाली हुने छन्। यद्यपि केहि आवेदन रिजेक्ट भएको खण्डमा यो संख्या घटबढ हुन् सक्ने छ । 

  लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।  चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved