खातामा सेयर जाँच गरेपछि मात्र अनलाइन कारोबार, डिम्याट विवरण सच्याउन नेप्सेको आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 10, 2018 | 12:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले आइतबारबाट अनलाइन कारोबार प्रणाली सबै लगानीकर्ताको खुला गरेको छ । आइतबार बाट नै नेप्सेले शेयर बिक्रिको लागि आदेश दिंदा लगानीकर्ताको डिम्याट खातामा आवश्यक शेयर मौज्दात रहे नरहेको जांच गर्ने प्रणाली पनि सुरु गरेको छ । यसरी जांच गर्ने क्रममा आवश्यक शेयर मौज्दात नभए आदेश इन्ट्री नहुने नेप्सेले स्पस्ट पारेको छ ।

साथै यस क्रममा धेरै लगानीकर्ताले डिम्याट खाता सम्बन्धि विवरण अध्यावधिक नगरेको, एउटै डिम्याट खाता धेरै ओटा कारोबार खातासंग म्यापिंङ गरिएको तथा गलत विवरण राखेको फेला परेको नेप्सेले जनाएको छ । यस्तो अवस्थामा लगानीकर्ताले दिएको आदेश सिस्टमले स्वीकार नगर्ने भएकोले नेप्सेले सम्पूर्ण लगानीकर्तालाई आफ्नो डिम्याट सम्बन्धि विवरण सच्याउन आग्रह गरेको छ । लगानीकर्ता हरुले आफुले कारोबार गर्ने ब्रोकरकोमा गई विवरण सच्याउन सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved