लगानीकर्ता आन्दोलित भएपछि धितोपत्र बोर्डले दियो बजार बढ्ने डेढ दर्जन आधार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 01:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई संयमित हुन् आग्रह गरेको छ । लगानीकर्ता दबाब समुहले पुंजीबजार सुधारको माग गर्दै अनसन थालेको दिन बोर्डले एक बिज्ञप्ति निकाल्दै आफु यस बिषयमा संवेदनशील रहेकोले सवै पक्षहरुको संयमता तथा सहयोगको लागि आग्रह गरेको हो ।

बोर्डले आफु र नेपाल सरकार  बजारका समस्याहरु प्रति सम्बेदनशील भई समाधानका लागि प्रयत्नशील रहेको समेत अवगत गराएको छ । साथै बोर्डले बजार विकास हुने र बजार बढ्ने डेढ दर्जन बढी आधार पनि दिएको छ । 

यस्ता छन् बोर्डका आधारहरु : 

१. हाल देशमा राजनीतिक स्थायित्व कायम भईसकेको

२. सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडि बढाई पूँजी बजार मार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको।

३.बोर्डले हाल बजारको अध्ययन गर्दा पछिल्लो समयमा सूचीकृत संगठित संस्थाहरुले साधारण सभा गर्ने क्रममा रहेका

४. यसरी साधारण सभा गर्ने संस्थाहरुले लाभांसको समेत घोषणा गरिरहेको

५. धेरै जसो सूचीकृत संगठित संस्थाहरुले प्रकाशन गरेको यस आ.ब. को प्रथम त्रैमासिक अवधिको वित्तीय विवरणमा नाफाको अवस्था समेत राम्रो रहेको 

६. नेपाल सरकार र बोर्डले हाल बजार विकास तथा सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाईएको

७. सरकारले बजेट मार्फत पूँजी बजारमा विगत केही बर्षहरुदेखि अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समाधान गरी स्थायित्व दिएको

८. बजारको दीर्घकालिन विकासको लागि सरकारले प्रोत्साहनमूलक नीति तथा कार्यक्रमहरु अगाडि बढाएको

९. धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भै—सकेको,

१०. दोस्रो बजारको कारोवार पूर्ण स्वचालित अनलाईन प्रणालीमा जाने क्रममा रहेको

११. दोस्रो बजारको दायरा अझै फराकिलो बनाउन बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा कार्यक्रम अनुसार संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिकरुपमा सक्रिय जिल्ला÷स्थानहरुमा (काठमाण्डौ उपत्यका वाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन  बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) लाई निर्देशन दिएको 

१२. धितोपत्र बजारमा धितोपत्र व्यापारी (डिलर) लाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा समेत नेप्सेसँग जानकारी माग गरेको

१३. बैकल्पिक लगानी कोष नियमावली मार्फत प्राइभेट इक्यूटी, भेन्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्ने कार्य अगाडि बढी सकेकोे

१४.  मार्जिन ट्रेडिङ शुरु गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको

१५. नेपाल सरकार र नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको,

१६. देशको समष्टिगत आर्थिक अवस्था तथा पछिल्लो समयमा सूचीकृत कम्पनीहरुको वित्तीय कार्यसम्पादन समेत सन्तोषजनक रहेको

१७. बजारको स्वरुप गतिशिल हुने र गतिशिल बजारमा विभिन्न प्रकारका मुद्दाहरु उठीरहने सन्दर्भमा बजारलाई थप सुदृढीकरण गर्न तथा हालको अवस्थालाई समेत सम्बोधन गर्न हालै सरकारले पूँजी बजार र मुद्रा बजारमा वित्तीय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजी बजारमा लगानीका समस्याहरु पहिल्याएर सात दिनभित्र सुझाव पेश गर्न अध्ययन समिति गठन गरेको

१८. लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहेको उच्च स्तरीय उक्त समितिले दिने सुझावहरुको कार्यान्वयनबाट बजार विकास एवं स्थायित्व अभिबृद्धी हुने


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved