जोशी हाइड्रोको आईपिओ तपाईलाई १० कित्ता पर्यो कि २० ? बिजपाटीमा यसरी हेर्नुस नतिजा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 12:05:57 PM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज (मङ्सिर २५) बाँडफांड भएको छ । सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलमा भएको शेयर बाँडफांडमा ७६ हजारले जोशी हाइड्रोको आइपीओ पाए।

कम्पनीले मंसिर १६ गतेदेखि निष्काशन गरेको आईपिओमा कुल ८३ हजार ७७० आबेदन परेको थियो। जस मध्ये ८३ हजार ७३६ जनाले मात्रै जोशी हाइड्रोको आइपीओ पाएका छन भने बाँकी ३४ जनाको आबेदन रद्द भएको छ। बाँडफांड मोडल अनुसार ७६ हजार १२२ ले जोशी हाइड्रोको २० कित्ता पाएका छन भने ७ हजार ६१४ ले १० कित्ता सेयर पाएका छन। 

स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको हो।

कम्पनीबारे 

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ । 

नतिजा बिजपाटी डटकममा

आईपिओ बाँडफाँडको नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ। बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । त्यहाँ फुल नेम लेखिएको स्थानमा आफ्नो नाम हालेपछि तपाईलाई परेको कित्ता देखाऊछ । आवेदन रद्द भएको भए  Sorry, You have not been alloted on Following Details भनेर देखाउछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved