'होल्ड गर्ने क्षमता बनाएर मात्र लगानी गर्नुस'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 11, 2018 | 04:57:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा युवराज खतिवडाले होल्ड गर्ने क्षमता बनाएर मात्र शेयरबजारमा लगानी गर्न लगानीकर्ताहरुलाई सुझाव दिएका छन्  । अर्थ समितिको मंगलबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । शेयर बजार एक चक्र भएको स्मरण गराउदै अर्थमन्त्री खतिवडाले धैर्य गर्न सक्नेलाई मात्र  लगानी गर्न आग्रह गरेका हुन्  

उनले शेयर बजारको समस्याबारे अध्ययन गर्न समिति गठन बनेको र समितिले बुझाएको प्रतिवेदनको आधारमा बजार सुधारका आगमी योजना बनाईने बताए  । अर्थमन्त्री खतिवडाले स्व–पूँजीमार्फत् राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले शेयर बजारलाई आधुनिक बनाउन चाहेको बताए । आफु सदैब बजार सुधारको पक्षमा रहेको बताउदै मन्त्री खतिवडाले आगामी दिनमा थप सुधारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट र मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष ध्रुबकुमार तिमल्सिनाले बजारको पछिल्लो अवस्थाको बारेमा धारणा राखेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved