'सबै ठाउमा दोस्रो बजार पुर्याउन ब्रोकरको उपस्तिथी अनिवार्य'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 10:13:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले प्राथमिक जस्तै दोस्रो बजार सबै ठाउँमा पुर्याउन त्यहाँ ब्रोकरको उपस्तिथी रहनुपर्ने बताएका छन। अर्थसमितिले सेयरबजारबारे छलफल गर्न डाकेको बैठकमा सेयरबजारको वर्तमान अवस्थाबारे जानकारी दिने क्रममा सीईओ साउदले यस्तो बताएका हुन। 

'प्राथमिक बजार जस्तै सबै ठाउँमा दोस्रो बजार पुर्याउन सबैभन्दा पहिले त्यहाँ ब्रोकरको उपस्तिथी रहनुपर्छ' उनले भने, 'ब्रोकर बिना दोस्रो बजारमा कारोबार हुन सक्दैन, बैंकसंग इन्टिग्रेट गरेपछि ब्रोकर माध्यम नै ७७ जिल्लाका सबै स्थानीय निकायमा दोस्रो बजार पुराउन सकिन्छ।'

त्यस्तै उनले सेयरबजारमा अनलाइन ट्रेडिङ कोशेढुंगा साबित हुने बताए। सीडीएससीसंग इन्टिग्रेट गर्ने काममा ढिलाई नभएको दाबि गर्दै सीईओ साउदले उक्त काम लगभग सकिएको जानकारी दिए। 

सीईओ साउदले पैसासंग सम्बन्धित बिषय भएकाले लगानीकर्तामा आत्मविश्वास नबढी अनलाइन प्रणाली दिंदा जोखिम बढ्ने बताउदै आफुहरुले लगानीकर्तालाई तालिम समेत दिंदै आएको बताए। लगानीकर्ता र ब्रोकरबीच सम्झौताभएपछि र लगानीकर्तामा आत्मविश्वास बढेपछि उनीहरुको हातमा यो सिस्टम दिने साउदले बताए। यसका लागि नेप्सेले ६०० जना लगानीकर्तालाई अनलाइन ट्रेडिङबारे तालिम दिएको उनले बताए। बाँकी भिडियोमा   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved