नेपाल धितोपत्र बोर्डका अध्यक्ष ड़ा रेवत कार्कीले अहिले संचालनमा रहेका ब्रोकरलाई थप प्रतिस्पर्धी बनाउनका लागि पनि अरुलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने बताएका छन। अर्थसमितिले सेयरबजारको अवस्थाबारे जानकारी लिन सरोकारवालाहरुलाई डाकेको बैठकमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन।
अहिले संचालनमा रहेका ब्रोकरहरुलाई शाखा विस्तार गरि काठमाडौं बाहिर जान भनीएपनि त्यो प्रभावकारी नभएको अध्यक्ष कार्कीको दाबि छ। कार्कीले यसअघि बिराटनगरमा भएको घटनालाई स्मरण गर्दै बाहिरका ब्रोकरका शाखा र काठमाडौंको मुख्य कार्यलयबीच नै तालमेल नहुँदा लगानीकर्ताको लगानी झनै जोखिममा परेको बताए।
'एक-दुई शाखा बिस्तार हुँदा मात्र त ब्रोकरमा शाखा र मुख्य कार्यालयबीच तालमेल छैन' अध्यक्ष कार्कीले भने, 'उनीहरुलाई मात्रै ब्रोकरको जिम्मा दिंदा सेयरबजार बिशेषगरि दोस्रो बजार कसरि बिस्तार हुन्छ ?' अहिलेका ५० वटा ब्रोकरलाई प्रतिस्पर्धी बनाउनलाई पनि क्षेत्रीस्तरमा ब्रोकर शाखा बिस्तारको जिम्मा अरुलाई नै दिनुपर्ने उनको भनाई छ। बाँकी भिडियोमा