सिटिजन बैंकको लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 11:08:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक Citizens Bank International Limited  ले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको मङ्सिर २५ मा बसेको २८२ औं संचालक समितिको   बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १।६३५ नगद र ३.६२८ बोनस गरि ५।२६३ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो।  

कम्पनीले  ३.६२८ प्रतिशतले हुन आउने २९ करोड १४ लाख ४५ हजार ७७३ रुपैयाँ बराबरको बोनस शेयर र १.६३५ प्रतिशतले हुन् आउने १३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड रहेको छ  ।

बिजपाटी डटकमले सिटिजन्स बैंकले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । यस अघि ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  


यो पनि : 

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved