मेरो Mero Microfinance Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।
हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेको छ । कम्पनीले सोहि बराबरको हकप्रद निष्काशनको अनुमति माग गरेको हो । हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।