कहिले होला आँखुखोला हाइड्रोको शेयर सूचीकरण, यसो भन्छ नेप्से ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 13, 2018 | 01:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ बाँडफांड भएको डेढ महिना भन्दा बढी समय बिती सक्दा पनि आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर नेप्सेमा सुचिकृत हुन् सकेको छैन । कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको थियो । आईपीओ कार्तिक ११ गते बाँडफांड भएको थियो । 

धितोपत्र सूचीकरण तथा कारोवार नियमावली २०७५ विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदनदिनु पर्ने व्यवस्था गरेको छ । साथै शेयर बाँडफाँट हुनासाथ सूचीकरण भई कारोबार हुन सक्ने व्यवस्था त्यसमा रहेको छ ।

तर आँखुखोलाको हकमा आईपिओमा बाँडफाड भएको डेढ महिना बितिसक्दा पनि शेयर सूचीकरण हुन् सकेको छैन । शेयर सूचिकृतका लागि सबै प्रक्रिया पुरा गरेर फाईल नेप्सेमा पठाई सकिएको आँखु खोला  कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद पनेरु बताउछन् । साथै शेयर निष्काशन गरेको सिभिल क्यापिटलले पनि आफ्नो तर्फबाट सबै प्रक्रिया पुरा गरेर एक महिना अगाडी नै नेप्सेमा फाइल पठाएको जनाएको छ 

नेप्सेले भने शेयर सूचीकरणको निर्णय भईसकेको र आगामी ७ दिन भित्रमा शेयर सुचिकृत भई कारोबार सुरु हुने बताएको छ । लामो समय शेयर सूचीकरण नहुँदा लगानीकर्ता भने शेयर खरिद बिक्रि गर्न बाट बन्चित भएका छन् ।  

यो पनि : 

आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, ६१ जनाको आबेदन रद्द हुँदा कतिले पाए शेयर ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved