युनिभर्सल पावरले ९६ करोड ६१ लाखको आईपिओ निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:13:01 PM मा प्रकाशित

laxmi  sunrise bank

 युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्न अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले बिहिबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो  । 

अब कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई पति कित्ता १०० रुपैयाँको दरले कुल ९६ लाख ६१ हजार ६१० कित्ता सेयर जारी गर्ने छ । जस मध्ये आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता निष्काशन हुने छ । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

 कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved