अनसनरत सेयर लगानीकर्तालाई भेट्न पुगे नेकपा नेता, अर्थमन्त्रीको राजीनामा नमाग्न आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 06:16:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाका नेता देब गुरुङले अनसनरत सेयर लगानीकर्ताका नेताहरुलाई भेटेका छन। १४ बुंदे माग राखेर अनसन बसेका सेयर लगानीकर्तालाई अर्थमन्त्री ड़ा युबराज खतिवडाको राजिनामासम्म नपुग्न गुरुङले आग्रह गरेका छन। 

गुरुङले अर्थमन्त्री खतिवडा बजार सुधारका लागि सधैं सकारात्मक नै भएको जानकारी गराउदै  उनको राजिनामासम्म पुग्नुनपर्ने बिचार व्यक्त गरे। ‘अर्थमन्त्रीपनि सेयरबजारसंगै समग्र अर्थतन्त्र सुधारको पक्षमा नै हुनुहुन्छ, उहाँको राजीनामासम्मै पुग्नुपर्छ जस्तो लाग्दैन’ उनले भने।    

गुरुङले सत्तारुढ दलको सांसदको हैसियतले सेयर लगानीकर्ताको जायज माग पुरा गराउनका लागि सहजीकरण गरिदिने प्रतिबद्धता समेत जनाए। पुंजीबजारलाई व्यवस्थित बनाउन आफुले रचनात्मक सहयोग गर्ने जनाउदै गुरुङले अनसनरत सेयर लगानीकर्तालाई पनि संवादमार्फत समस्या निराकरणका लागि सकारात्मक बन्न आग्रह गरे। 

सेयर लगानीकर्ता दबाब समुहले अर्थमन्त्री ड़ा युबराज खतिवडाको राजीनामा मुख्य मागसहित मङ्सिर २३ देखि नेपाल स्टक एक्सचेन्जको दैलोमा रिले अनशन थालेका छन।       





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved