बैंक अफ काठमाडौँले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
बिजपाटी डटकमले बैंक अफ काठमाडौँले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । यस अघि सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।