अनसनरत दबाब समुह सरकारसंग वार्ता गर्दै, को को हुदैछन् सहभागी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 01:42:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पूँजी बजारको सुधारका दर्जन बढी माग राख्दै अनसनरत लगानीकर्ता दबाब समुहलाई सरकारले वार्तामा बोलाएको छ । विभिन्न १४ बुँदे माग राख्दै दबाब समुह मंसिर २३ गतेदेखि नेप्सेको गेट अगाडी रिले अनसनमा बसेको हो। समुहले आइतबारबाट आमरण अनसन बस्ने निर्णय गरेपछि सरकारले उनीहरुलाई वार्तामा बोलाएको हो । 

सरकारसंग वार्ता गर्न दबाब समुहले ५ सदस्यीय वार्ता टोली बनाएको छ।  पत्रकार तिलक कोइरालाको संयोजकत्वमा टोली गठन गरेको हो । टोलीमा सुष्मा ढुंगाना, दीपेन्द्र अग्रवाल, उत्तम अर्याल र नयन बास्तोला रहेका छन् । अग्रवाल राजपाका केन्द्रीय सलाहकार हुन् भने अर्याल शेयर लगानीकर्ता संघका अध्यक्ष हुन् । त्यस्तै बास्तोला नेपाल पूँजीबजार संघका महासचिव हुन् । दवाब समूहका संयोजक हरि ढकाल भने टोलिमा समाबेश छैनन् । 

छलफलमा अर्थमन्त्रालयका सहसचिव, अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिको सदस्यहरु सहभागि हुने बताईएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved