सेयर लगानीकर्तालाई खुशीको खवर, केसियल अस्ट्युटको सहकार्यमा अब बिजपाटीमा 'मार्केटवाच'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2018 | 10:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारसम्बधि महत्त्वपूर्ण सूचना तथा जानकारी सम्प्रेषण गर्नेबारे केसीएल अस्ट्युट क्यापिटल  KCL ASTUTE  र मिडिया मास्टर कन्स्पेट (एमएमसी) बीच सम्झौता भएको छ। सम्झौतामा एमएमसी को तर्फबाट संचालक तथा प्रमुख व्यवस्थापक लोचन खतिवडा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेंद्र रायमाझीले हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार बिजपाटी डटकमले 'मार्केट वाच' अन्तर्गत दैनिक रुपमा बजार समरी, साप्ताहिक रुपमा कम्तिमा एउटा सुचिकृत कम्पनीको  विश्लेषण तथा आइपीओ र एफपीओ निष्काशन गर्ने कम्पनीको वित्तीय विश्लेषण सम्प्रेषण गर्नेछ। यसका लागि क्यापिटलले बिजपाटी डटकमलाई सम्प्रेषण सामाग्री उपलब्ध गराउनेछ।  

बिजपाटी डटकम मार्फत सम्प्रेषण हुने सामग्रीले प्राथमिक बजारमा लगानी गर्न चाहने सर्वसाधारण, कर्मचारी, दोस्रो बजारका नवप्रवेशी तथा  लगानीकर्ताहरुलाई लगानीको निर्णय लिन मद्दत पुग्ने एमएमसीका खतिवडाको बिश्वास छ। 

खतिवडाका अनुसार पाठकले पुष १ देखि उक्त सामग्रीहरु निरन्तर रुपमा पढ्न पाउनेछन। सेयरबजारमा अनलाइन कारोबार पूर्ण रुपमा संचालनमा आएपश्चात सेयरकारोबार सुरु हुनु पुर्वनै (११ बजे अगाबै) पाठकहरुले 'बजार समरी' पढ्न पाउनेछन। अघिल्लो दिनको कारोबारलाई आधार मानेर तयार गरिने 'बजार समरी' मार्फत लगानीकर्ताले बढी तथा कम मुल्य भएका कम्पनीबारे समेत जानकारी पाउनेछन। त्यस्तै तत्काललाई सातामा कुनै एक सुचिकृत कम्पनीबारे बृस्तृत 'कम्पनी बिश्लेषण' पढ्न पाउनेछन।   

त्यस्तै यस प्रकारको सामग्री सम्प्रेषण हुँदा सेयर लगानीकर्तालाई बजारबारे जानकारी हुने र लगानीगर्नका लागि राम्रो कम्पनी छनौट गर्न तथा दैनिक रुपमा बजारको उतारचढाबबारे जानकारी लिन समेत सहयोग पुग्ने क्यापिटलका सीईओ रायमाझीको भनाई छ।

कम्पनीहरुले सार्वजनिक गर्ने आब्हान तथा विवरणपत्र बुझ्नलाई बहुसंख्याक लगानीकर्तालाई कठिनाई भएको पाइएपछि बिजपाटी डटकमले पाठकको सहजतालाई प्राथमिकतामा राखेर आइपीओ एफपीओ निष्काशन गर्नु पुर्व कम्पनी कम्पनीको वित्तीय विश्लेषणबारे जानकारी दिने अभ्यास थालेको हो। यसबाट लगानीको निर्णय लिन तथा नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय अवस्थाबारे जानकारी लिनलाई पाठकहरुलाई मद्दत पुग्ने बिजपाटीको  बिश्वास छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved