सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 08:15:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक  Sanima Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस १ गते अन्तिम दिन रहेको छ । बैंकले कार्तिक ३० गतेदेखि २ अर्बको ऋणपत्र निष्काशन बिक्रि खुला गरेको हो  । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।  '१०% सानिमा डिवेञ्चर २०८५' नाम दिइएको उक्त ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्राप्त हुनेछ ।  ऋणपत्र निष्काशनको लागि काठमाडौँ क्यापिटल बिक्री प्रबन्धक रहेको छ छ । 

कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरिने छ भने बाँकि ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । 


लगानीकर्ताले सम्पूर्ण  सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । इक्रा नेपालले यस सार्बजनिक निष्काशनलाई न्यून कर्जा जोखिम जनाउने LA ग्रेड रेटिंग प्रदान गरेको छ । सर्बसाधारणले न्यूनतंम २५ कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved