सरकारको षड्यन्त्रले बिच्कियो दबाब समुह, पुष २ देखि सेयर कारोबार गर्नेलाई कारबाहीको चेतावनी!

५ जनाको बर्खास्ती नभएसम्म आन्दोलन
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 08:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अनशनरत सेयर लगानीकर्ताहरुको दबाब समुहले पुष २ देखि सेयर कारोबार बन्द गर्ने कार्यक्रमको आब्हान गरेको छ। आफ्ना मागबारे अर्थमन्त्रालय र अन्य सम्बद्द निकायबाट गैरजिम्मेवार भएको दाबी गर्दै लगानीकर्ताहरुको दबाब समुहले सेयर कारोबार बन्द गर्ने निर्णय लिएको जनाइएको छ। 

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘मुद्रा तथा पुँजी बजारमा देखिएका प्रबृत्तिहरुको समग्र अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एबम् औद्योगिक तथा पुँजी बजारमा लगानीका लागि देखिएका समस्याहरु पहिचान गरी सुझाब दिन’ बनेको समितिले छल गरेकाले आफुहरुले सेयर कारोबार बन्द गर्ने बिकल्पमा पुगेको लगानीकर्ता दबाब समुहका सदस्य तथा पत्रकार तिलक कोइरालाले बताए।    

'स्वत:स्फुर्त रुपमा पुष २ देखि सेयर कारोबार बन्द गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई पत्राचार गरिएको छ, प्रत्येक ब्रोकर कार्यालयमा हाम्रा साथीहरुको उपस्तिथी हुनेछ' कोइरालाले बिजपाटीलाई भने, 'कसैले जबर्जस्ति कारोबार गर्न खोजेको पाइएमा उनीहरुलाई सुरुमा चेतावनी दिन्छौं, त्यसपछि पनि सेयर कारोबार गरेर आन्दोलन अवज्ञा गर्न खोजे आवश्यक कारबाही गर्छौं, कारबाहीबाट हुन पुगेको क्षतिको जिम्मेवार सम्बन्धित ब्रोकर वा लगानीकर्ता नै हुनेछन।' 

लगानीकर्ता भएर सेयर कारोबार नै ठप्प पार्ने निर्णय किन बन्ने प्रश्नमा बिरोधिहरुले कारोबार गरेर लगानीकर्ता दबाब समुहको आन्दोलन बिथोल्ने षडयन्त्र गरेकाले सेयर कारोबार ठप्प पार्ने निर्णयमा पुगेको कोइरालाले बताए। 

'कोहि मर्नेगरि आमरण अनशनमा बस्ने कोहि कारोबार गरेर सरकारलाई सघाएर लगानीकर्ताको आन्दोलन तुहाउन खोज्ने काम भएको छ' उनले भने, 'यस्तो अवस्थामा सेयर कारोबार बन्द गर्नुको बिकलप छैन'। 

अर्थमन्त्री ड़ा युबराज खतिवडाले गठन गरेको समिति देखाउने हात्तिको दांत मात्रै भएको आरोप लगाउदै कोइरालाले उक्त समितिको अब कुनै औचित्य नभएको बताए। राष्ट्र बैंकका डिपुटी गभर्नर श्रेष्ठको संयोजकत्वमा समिति गठन भएपनि अर्थमन्त्रालयका सहसचिब उत्तर कुमार खत्रीले अर्थमन्त्री खतिवडाको स्वार्थ अनुरुप काम गरेको कोइरालाले आरोप लगाए। 

आन्दोलन कहिले सम्म ?

अर्थमन्त्री खतिवडाको राजिनामालाई पहिलो प्राथमिकतामा राखेर थालिएको अनशनरत लगानीकर्ताको समुहले आफ्ना मागहरु थप गर्दै लगेको छ।  आफ्ना मागहरु पुरा नभएसम्म अब आन्दोलन नरोकिने कोइरालाको भनाई छ। 'अर्थमन्त्री खतिवडा, गभर्नर ड़ा चिरिन्जीबी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष ड़ा रेवत कार्की, नेप्से प्रमुख चन्द्र सिंह साउद पदबाट बर्खास्त नभएसम्म र अन्य माग पुरा नभएसम्म आन्दोलन जारि रहनेछ' कोइरालाले भने।   

किन बिच्कियो वार्तामा हिडेको लगानीकर्ताको दबाब समुह ?  

यो समूहलाई शुक्रबार अर्थमन्त्रालयले वार्तामा बोलाएको थियो, तर शनिवार वार्तामा बोलाई नेपाल राष्टबैंकको मूल गेटबाटै छिर्न नदिएपछि आफूहरुमाथि षड्यन्त्र भएको दाबी गर्दै यो समूहले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

शुक्रबारको वार्तामा अर्थका सहसचिब खत्रीले संयोजक समेत रहेका राष्ट्र बैंकका डिपुटी गभर्नर श्रेष्ठलाई यसअघि सहमति गरिएका मागहरुलाई समेट्न नमिल्ने भन्दै हक्पाएको कोइरालाले बताए। संयोजकलाई नै बाइपास गरेर सहसचिब खत्रीले अर्थमन्त्री खतिवडालाई खुसि पार्नेगरि काम गर्ने गरेको पाईएपछि समिति गठन नाटक मात्रै भएको निष्कर्षमा पुगेर आफुहरुले पुन आन्दोलनको बाटो रोजेको कोइरालाको भनाई छ। 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved