सेयर कारोबार रोक्का भएको अवस्थामा बुक क्लोज गर्नेलाई कारबाही के हुन्छ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 05:16:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले आगामी पौष १६ गते साधारणसभा गर्ने प्रयोजनको लागि पौष ३ गते बुक क्लोज गर्ने घोषणा गरेको छ  तर कम्पनीले पटकपटक सुचना संशोधन गरेकोले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंसिर २६ गतेदेखि सोधपुछका लागि कारोबार रोक्का राखेको छ 

यसले गर्दा मन्जुश्रीको लाभांश लिन नचाहनेले शेयर बेच्न पाएका छैनन् भने लिन खोज्नेले शेयर खरिद गर्न पाईरहेका छैनन् । कारोबार रोक्का राखिएको अवधिमा बुक क्लोज गर्न मिल्छ वा मिल्दैन अथवा हुन्छ वा हुदैन भन्ने बारेको पाटो बिजपाटीले केलाउने प्रयास गरेको छ। 

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल कम्पनीको कारोबार रोक्का हुने अवस्था आउनु नै दुर्भाग्यपूर्ण भएको बताउछन् ।  नियामक निकाय कमजोर हुँदा यस्तो अवस्था आएको उनी बताउछन्  । कारोबार रोक्का भएको बेला बुक क्लोज हुनु गलत भएको बताउदै उनले नियामक निकायले यसलाई सच्याउनु पर्ने बताए।  उनले नियामक निकायले कम्पनीको बुक क्लोजको मिति परिवर्तन गर्न निर्देशन दिनु पर्ने र नियामकले नदिए आफुहरुले नै यसको लागि पहल गर्ने बताए ।  

त्यस्तै नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल कारोबार रोकिएको बेला बुक क्लोज हुनु आपत्तिजनक बिषय बताउछिन्  । उनले पनि मन्जुश्रीको कारोबार खुलेपछि बुक क्लोजको मिति परिवर्तन नभए आफुहरुले पहल गर्ने बताईन  । उनले भनिन 'यो गम्भीर बिषय छ, हिजो हामीहरुले एभरेष्ट इन्स्योरेन्सको पनि गलत तरिकाले बुक क्लोज हुँदा आवाज उठाएकै हो, यसमा पनि हामी पहल गर्छौ  । 

नेप्से कै एक उच्च अधिकारीले पनि कारोबार रोकिएको बेला बुक क्लोज हुनु गलत रहेको स्वीकार गरेका छन्  । उनले बुक क्लोज अगाडी  शेयर बेच्न र किन्न पाउनु हरेक लगानीकर्ताको अधिकार भएको बताए । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भने यस बिषयमा कानुन अनुसार हुने बताउछन् । तर अधिबक्ता एवम शेयर बजारका जानकार ज्योति दाहालले कानुनमा यस विषयमा केहि उल्लेख नभएको बिजपाटीलाई बताएका छन् ।  कानुन नभएको खण्डमा नियमन गर्ने निकायले आवश्यकता अनुसार प्रशासकीय निर्णय गर्नु पर्ने अधिबक्ता दाहालको भनाई छ। उनका अनुसार कारोबार रोक्का भएको अवधिमा बुक क्लोज गर्न सामान्यतया मिल्दैन। कारोबार खुलेपछि कम्तिमा ३ कार्य दिन समय दिएर अर्को बुक क्लोजको मिति तय गर्नु पर्ने उनको भनाई छ । यस अघि पनि यस्ता घटना भएकोले यस्ता बिषयमा कानुन बनाउन नियामक उदां देखिएको उनको आरोप छ  ।

यदि अधिबक्ता दाहालले भने जस्तै कारोबार खुलेपछि कम्तिमा ३ कार्य दिन समय दिएर अर्को बुक क्लोजको मिति तय भए कम्पनीको साधारणसभाको मिति समेत पछि धकेलिने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved