आँधिखोला लघुवित्तले ४ करोडको आईपिओ निष्काशन गर्ने, ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 05:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ  । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो  । 

शेयर निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी  १० करोड हुनेछ । कम्पनीको  अधिकृत पूँजी १५ करोड रहेको छ ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved