२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 11:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस ३ गते मंगलबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आरएमडीसि लघुवित्त RMDC Laghubitta Bittiya Sanstha Limited र हिमालयन डिस्टिलरी Himalayan Distillery Limited ले पुस ४ गते बुक क्लोज बुक क्लोज गर्दै छन्  भोलि बुक क्लोज हुने हुँदा आजसम्म शेयर किन्नेले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश (नगद वा बोनस) को लागि योग्य हुनेछन  त्यस्तै संचालक समितिको निर्वाचन समेत साधारणसभाको प्रस्तावमा भए उम्मेदवार हुन् र मतदान गर्न सक्नेछन् 

आरएमडीसि लघुवित्तको पौष २० गते २० सौं वार्षिक साधारणसभा हुँदैछ | कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै संस्थापक समुहबाट ४ जना संचालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्तिको प्रस्ताव समेत रहेको छ 

त्यस्तै हिमालयन डिस्टिलरीको पनि पौष २५ गते १८ रौँ वार्षिक साधारणसभा गर्दैछ  कम्पनीले कर सहित २१ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved