लगानीकर्ताबाटै असहयोग भएपछि कारोबार बन्दको कार्यक्रम फिर्ता, आमरण अनशन जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 12:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता दबाब समुहले कारोबार बन्दको कार्यक्रम फिर्ता लिएको छ । समुहले सोमबार कारोबार नगर्न भन्दै स्वतः स्फुर्त बजार बन्दको लागि आह्वान गरेको थियो  । तर कारोबार बन्दको लागि आह्वान गरिएकै दिन नेप्से सूचक दोहोरो अंकले बढेर  ४२ करोड बढीको शेयर किनबेच भएको थियो । लगानीकर्ताहरुले साथ नदिएपछि समुहले बाध्य भएर कारोबार बन्दको कार्यक्रम फिर्ता लिएको हो   

यद्यपि समुहले भने सरकारले दमनकारी नीति लिएको र आम लगानीकर्ताको हितलाई ध्यानमा राखी संभावित अप्रिय घटना हुनबाट रोक्न  कारोबार बन्दको कार्यक्रम फिर्ता लिएको दाबी गरेको छ । दबाब समुहले सोमबारदेखि आमरण अनशन पनि सुरु गरेको छ । दबाब समुहको तर्फबाट हरि ढकाल र तिलक कोइराला आमरण अनशन बसेका छन् । उनिहरुको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको समुहका अर्का सदस्य दिपेन्द्र अग्रवालले जानकारी दिएका छन ।

दबाब समुहले  शान्तिपूर्ण रुपमा ऐक्यबद्ध रहिरहन सम्पूर्ण लगानीकर्ताहरुमा अनुरोध गरेको छ । साथै दबाब समुहले आमरण अनशन शेयरको मूल्य घटाउन र बढाउँन नभएको प्रष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved