एनआईशी एशिया बैंकको साधारणसभा आज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 08:23:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईशी एशिया बैंक NIC Asia Bank Limited को साधारणसभा आज पुस ४ गते हुदै छ ।   साधारणसभा  बिहान ९ बजे सानेपा स्थित हेरिटज गार्डेनमा बस्नेछ ।

साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको संचालक समितिले यस अघि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको थियो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ३ करोड रहेकोमा बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने छ। 

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गते  बुक क्लोज गर्ने भएको छ। मंसिर १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved