मध्य भोटेकोशीको आईपिओ बुधबार बाँडफांड हुदै , कसलाई कति कित्ता पर्ला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 08:29:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनी  Madhya Bhotekohi Jalavidhyut Company Limited   ले निष्काशन गरेको सिमित आईपिओ आज पुस ४ गते बाँडफांड  हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड हुने जानकारी दिएको हो   । 

कम्पनीले कार्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म संचयकर्ताको लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा संचय कोषका कमर्चारीको लागि शेयर निष्काशन गरेको थियो ।

कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो । यसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो । यस समुहमा १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ। जस अनुसार न्युनतम ५० कित्ताको लागि आवेदन दिनेले ५० नै कित्ता पाउने छन् । अधिकतम कित्ताको लागि आवेदन दिनेले ९० कित्ताको हाराहारीमा शेयर पाउन सक्ने आंकलन गरिएको छ । ५० कित्ताको लागि मात्र आवेदन दिनेको संख्या एकिन नभएकोले यो आंकलन तल माथि पर्न सक्ने छन् । 

त्यस्तै कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस समुहमा  ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जसमा ८ हजार ४ सय ३९ योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  । यसमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाउने छन्  ।  

त्यस्तै कम्पनीले कर्मचारी संचय कोषका कर्मचारीको लागि ६ लाख कित्ता शेयर निष्काशन गरेको थियो  ।  यस समुहमा  ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने प्रावधान थियो । जस अनुसार ६ सय १२ योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । यसमा अधिकांश आवेदकले माग अनुसार कै शेयर पाउने देखिएको छ । 


यो पनि : 

संचयकर्ताले रुचाएनन मध्य भोटेकोशीको आईपिओ, तामाकोशीको 'ह्यांङओभर' कि बजारको डर ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved